तल समथर सुन्दर फाँटहरू र ग्रामीण बस्तीको मनोरम दृश्य, आकाश खुलेको समयमा लहरै देखिने हिमशृङ्खला र यहाँ निर्माण भएका धार्मिक मठ मन्दिरहरूले बागलुङ पञ्चकोट पुग्ने पर्यटकलाई मनोरम अनुभूति दिलाउँछ।
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटबाट बागलुङका साथै पर्वतको जलजला,नागलिबाङ,पाङ,म्याग्दीको रत्ने चौर लगायतका रमणीय भूभागहरूको अवलोकन गर्न पाइन्छ।
पञ्चकोटमा ५५५५ किलोको मुक्तिनाथ महाघण्ट, पञ्च महालक्ष्मी मन्दिरलगायतका संरचना निर्माण गरिएको छ भने विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश निर्माणाधीन छ। गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, सिस महल, हनुमान बाटिका, गण्डकी गोपाल गौशाला र ससाना मन्दिर निर्माण भइसकेका छन्।
भिडियो हेर्नुहोस्ः
दुई सय रोपनी बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमल नयनाचार्य संस्थापक रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ।
बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ८ किलोमिटरको पक्की सडक हुँदै पञ्चकोट पुग्न सकिन्छ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.