Advertisement

दीर्घकालीन सोच २१००

 दीर्घकालीन राष्ट्रिय रणनीति:

  • तीव्र, दीगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
  • सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने,
  • आन्तरिक तथा अन्तरदेशीय अन्तर आबद्धता एवं दीगो शहर र बस्ती विकास गर्ने,
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
  • पूर्ण, दीगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,
  • गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
  • प्राकृतिक स्रोतको संरक्षण, परिचालन तथा उत्थानशीलता विकास गर्ने,
  • सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने आदि।

रूपान्तरणका प्रमुख सम्वाहक:

  • गुणस्तरीय एकीकृत यातायात प्रणाली, सूचना तथा सञ्चार पूर्वाधार र वृहत सञ्जालीकरण,
  • गुणस्तरीय मानव पूँजी निर्माण, उद्यमशील कार्य संस्कृति विकास र सम्भावनाको पूर्ण उपयोग,
  • जलविद्युत उत्पादन वृद्धि र हरित अर्थतन्त्र प्रवर्द्धन,
  • उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि,
  • गुणस्तरीय पर्यटन सेवाको विस्तार र विकास
  • आधुनिक, दीगो र व्यवस्थित सहरीकरण र सुदृढ तथा औपचारिक क्षेत्रको विस्तार,
  • सामाजिक संरक्षण र सुरक्षाको प्रत्याभूति,
  • शासकीय सुधार र सुशासन अभिवृद्धि

सहयोगी क्षेत्र:

  • संविधान, लोकतन्त्र र विकास प्रतिको राजनीतिक प्रतिवद्धता,
  • जनसांख्यिक लाभ र नागरिक सचेतना,
  • भौगोलिक अवस्थिति र प्राकृतिक विविधता तथा सम्पन्नता,
  • सामाजिक- सांस्कृतिक विविधता तथा मौलिक पहिचान,
  • सामाजिक पूँजी र विश्वभर फैलिएका नेपाली समुदाय,
  • स्वच्छ र नवीकरणीय ऊर्जा,
  • मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको सद्‌भाव,
  • संघीय शासन प्रणाली र वित्तीय संघीयता

राष्ट्रिय उद्देश्य:

  • सर्वसुलभ गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिवी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्नु,
  • गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी संघीय शासन व्यवस्थाको सुदृढिकरण गर्दै नागरिकलाई मर्यादित र परिस्कृत जीवनयापनको अनुभूति गराउनु,
  • सामाजिक-आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु,

राष्ट्रिय रणनीतिः

  • तीव्र, दीगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
  • सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने
  • आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवं दीगो शहर यस्ती विकास,
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
  • पूर्ण, दीगो, उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने,
  • गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
  • प्राकृतिक स्रोतको संरक्षण परिचालन तथा उत्थानशीलताको विकास गर्ने,
  • दीगो विकास लक्ष्यको आन्तरिकीकरण गर्ने,

Post a Comment

0 Comments