Advertisement

गोरखापत्र वस्तुगत, १९ भदौ २०८१*

१. पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन्?

  • पलेशा गोवर्धन 
  • उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् ।
  • पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् ।
  • उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।
  • पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशाले सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउने छन् । 
  • राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार पारा ओलम्पिकमा व्यक्तिगततर्फ कांस्य पदक जित्नेलाई ६५ लाख रुपियाँ पुरस्कार दिने व्यवस्था छ । यसै गरी पारा ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपियाँ र रजत जित्नेलाई ९७ लाख रुपियाँ प्रदान गरिने प्रावधान रहेको छ । 
  • नेपालले पारा ओलिम्पकमा सन् २००४ को एथेन्स र ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो । 
  • ग्रीष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा सम्पन्न २४ औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले सो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा उक्त पदकको गणना गरिएको थिएन । 

२. २०८० को मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

  • मोहन मैनाली (कृति : मुकाम रणमैदान) 
  • मुकाम रणमैदान नेपाल–अङ्गे्रज युद्धको इतिहास हो । 
  • मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि निम्नानुसार पाँच वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो :
  • डम्फुको आत्मालाप (कथासङ्ग्रह) : भक्त स्याङतान
  • नुन–तेल (गैर आख्यान) : जीवन क्षेत्री
  • भावलिपि (प्रेमपत्र सङ्ग्रह) : भावेश भुमरी र प्रणिता चामलिङ
  • मुकाम रणमैदान (इतिहास) : मोहन मैनाली 
  • सन्त्रासका साठी दिन (उपन्यास) : रोशन थापा ‘नीरव’
  • यस वर्ष पुरस्कारका लागि ३०४ वटा कृति प्राप्त भएका थिए । 
  • २०८० को जगदम्बाश्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । सिरहाका स्थायी बासिन्दा भाषाशास्त्री प्राध्यापक यादवका भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागको प्रमुख बनेका यादवले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञका रूपमा समेत कार्य गरेका छन् । 
  • दुवै पुरस्कारको राशि चार–चार लाख रुपियाँ रहेको छ ।
  • २०७९ सालको मदन पुरस्कार विवेक ओझा (उपन्यासः ऐठन) र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।
  • मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको छ ।

३. नेपाली सेनाको सेनापतिमा को नियुक्त हुनुभएको छ ?

  • अशोकराज सिग्देल 
  • राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालिरहनु भएका सिग्देललाई २०८१ भदौ १२ गते प्रधान सेनापति नियुक्त गर्नुभएको हो । भदौ २४ देखि लागु हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गरिएको हो । 

४.  नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो ?

  • धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक) 
  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २०८१ भदौ ११ मा भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको हो ।
  • २०७५ सालदेखि स्वस्थ सहर बनाउने अभियान सुरु गरिएको धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्नका लागि डब्लुएचओले विसं २०७८ देखि अनुगमन सुरु गरेको थियो ।
  • एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहर भएसँगै नगरपालिकाले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । 
  • स्वस्थ सहर घोषणाको औपचारिक प्रमाणपत्र आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहबिच नगरपालिकाले प्राप्त गर्ने जनाइएको छ ।

५. सन् २०२४ अगस्टमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

  • बङ्गलादेश 
  • सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ ले स्तब्ध बनाएको छ ।
  • बङ्गलादेशको यो उमेर समूहमा पहिलो उपाधि हो ।
  • बङ्गलादेशका मिराजुल इस्लाम सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर घोषित भए । 
  • घरेलु टिम नेपालले फेयरप्ले अवार्डको सम्मान प्राप्त गर्‍यो ।

६. हङकङ साहित्यिक साझा शृङ्खलाले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ को स्थापना कहिले गरेको हो ?

  • विसं २०८१ भदौ
  • हङकङ बाहिर रहेर नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई सो पुरस्कार प्रदान गरिने छ ।
  • सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा शृङ्खलाले ‘शृङ्खला’ साहित्यिक सङ्गालो प्रकाशन र मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ । 
  • यस पुरस्कारको राशि ४५ हजार ५०५ रुपियाँ रहेको छ ।

७. २०८१ को युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ?

  • रङ्गकर्मी केदार श्रेष्ठ
  • बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पु¥याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको राष्ट्रिय युवा कोषले जनाएको छ ।
  • राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झानामा २०४३ सालमा स्थापित सो पुरस्कार ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिन्छ । यस 
  • पुरस्कारको राशि ४० हजार रुपियाँसहित स्वर्ण पदक रहेको छ । 

८. मिस्टर नेपाल–२०२४ को उपाधि पाउने को हुन् ?

  • सन्तोष लोक्सम (झापा) 
  • लोक्समले नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 
  • भदौ ८ गते सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल–२०२४ विजेता भए । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल–२०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन्। 
  • काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ भए ।
  • प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बने । 

९. इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनुयुक्त वडा घोषणा कहिले गरिएको हो ?

  • विसं २०८१ भदौ
  • बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

१०. द बेस्ट बैङ्क इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित नेपालको ख वर्गको वित्तीय संस्था कुन हो ?

  • गरिमा विकास बैङ्क 
  • भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैङ्किङ कन्क्लेभ एन्ड अवार्डबाट बैङ्क सम्मानित भएको छ ।

११. स्विट्जरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा बोक्कालिनो डि ओ अवार्ड जित्ने अभिनेतृ को हुन् ?

  • थिन्ले ल्हामो (चलचित्र शाम्बाला)
  • मीनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालामा थिन्ले मुख्य पात्रको भूमिकामा रहेकी छन् ।
  • शाम्बालामा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी थिइन् ।

१२. चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ?

  • विसं २०८१ साउन ३२

१३. नेपाल सरकारद्वारा मुख्य सचिवमा कसलाई नियुक्त गरियो ?

  • एकनारायण अर्याल

१४. २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

  • प्रा. प्रेमशान्ति तुलाधर 
  • सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 
  • नेपाल भाषा साहित्य शिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपाल भाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यसहित ३९ वर्षअघि वैकुण्ठ लाकौल पुरस्कार स्थापना गरेका थिए । 

१५. सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?

  • आव २०७७/७८–२०८७/८८
  • सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्ष अघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू :
  • सङ्घीयता कार्यान्वयन सहजीकरण 
  • सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन
  • स्थानीय पूर्वाधार विकासमा सहजीकरण 
  • सेवा प्रवाह र सुशासन 

१६. एफटिटिएचको पूरा रूप के हो?

  • फाइबर टु द होम 

१७. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

  • सिङ्गापुर

१८. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ रहेको छ ? 

  • त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा 

१९. संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन्? 

  • सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा
  • उक्त पुस्तक द्वन्द्वकालमा हेलिकोप्टर उडानका क्रममा उनले भोगेका अनुभूतिमा आधारित रहेको छ । 
  • थापाको उक्त पुस्तक नेपाली भाषामा छ वर्षअघि नै प्रकाशन भएको थियो । सोही पुस्तकमा अन्य केही घटना र प्रसङ्ग थपेर अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको हो । 

२०. २०८१ सालको फेडोल उत्कृष्ट सम्मान कसलाई प्रदान गरियो ? 

  • शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर)

२१. जेबी टुहुरे स्मृति पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

  • खुसीराम पाख्रिन
  • पाख्रिनलाई मरणोपरान्त सो पुरस्कार प्रदान गरिएको हो ।
  • पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
  • जेबी टुहुरे प्रतिष्ठानद्वारा २०७९ सालदेखि गीतसङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरूलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गरिँदै आएको छ ।
  • २०७९ सालमा पहिलो पटक यो अवार्ड ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई प्रदान गरिएको छ ।

Post a Comment

0 Comments