Advertisement

गोरखापत्र वस्तुगत, ३० साउन २०८१*

१. सरकारले विद्युतीय राहदानी (e-passport) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो?

  • विसं २०७८ मङ्सिर १
  • हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने लक्ष्यसहित ई पासपोर्ट प्रयोगमा ल्याइएको हो ।
  • शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट प्रदान गरिएको थियो ।
  • सन् २०३० सम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको छ ।

२. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन्?

  • गुणकाम देव 

३. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ?

  • लिच्छवि काल

४. रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो?

  • विसं २०६४ वैशाख १

५. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो?

  • विसं २०६१ माघ ४, वीरगन्ज

६. कुन सन्धिपश्चात् युरोपेली आर्थिक समुदाय युरोपेली सङ्घमा परिणत भएको हो?

  • म्यास्ट्रिच सन्धि 

७. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ?

  • लाओस

८. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भागीरथ भन्नाले के बुझिन्छ?

  • परिश्रमी

९. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ?

  • स्थिति शक्ति (Potential Energy) 
  • तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।

१०. चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ?

  • वस्तुमा हुने चालको कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति
  • बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।

११. पृथ्वीबाट अन्तरिक्षमा पठाइएको पहिलो प्राणी कुन हो ?

  • लाइका नामक कुकुर (सन् १९५७)

१२. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?

  • मनको बाँघ 

१३. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ?

  • २४.०९ प्रतिशत
  • आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ।
  • गत आव २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ। 
  • गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेको थियो । 
  • समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको जनाइएको छ । 
  • सातौँ कृषि गणना २०७८ अनुसार कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ । 
  • सातौँ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवार भित्र थियो । 

१४. अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने उद्देश्यका साथ ‘नेपाली पोर्ट’ को शुभारम्भ कहिले गरिएको हो?

  • विसं २०७६ माघ १३

१५. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो?

  • सन् १९८७, क्यानडाको मन्ट्रियल 

१६. नेपालकै पहिलो विज्ञान सङ्ग्रहालय ‘बिपी कोइराला मेमोरियल राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा
  • यो सङ्ग्रहालय विसं २०७६ वैशाख २८ देखि सञ्चालनमा आएको हो ।
  • विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई सङ्ग्रहालयमा रहेका सामग्री बारे जानकारी दिन ‘फूलमाया’ नामक रोबर्टसमेत रहेको छ ।

१७. नेपालमा र्‍याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो?

  • विसं २०२७
  • विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको हो ।

१८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ?

  • भण्डारखाल पर्व

१९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ?

  • द्रविड

२०. मुलुककै पहिलो पूर्ण खोप सुनिरिश्चत प्रदेश कुन हो ?

  • गण्डकी प्रदेश – विसं २०७५ भदौ १३ मा घोषित

 २१. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

  • सन् १९९८ 
  • संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
  • हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।

२२. अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाइन्छ?

  • जुन २०
  • सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो ।
  • शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरेको उपलक्ष्यमा सन् २००० डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सो दिवस मनाउने सम्बन्धमा निर्णय गरेको हो । सन् १९५१ मा शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको थियो।

२३.विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो?

  • सन् २०१२ 
  • नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने छ ।
  • डब्लुटिओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ । 

२४. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो?

  • विसं २०८० चैत १८ 
  • काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाएको हो । 
  • इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिन्छ । 
  • यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ । 

२५. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ?

  • विसं २०८० फागुन 
  • बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याएको हो । 
  • विसं २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति २०८० स्वीकृत गरेको हो । 
  • नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो । 
  • सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो । 

२६. नेपालको पर्यटनमा हाइ सिजनका रूपमा कुन महिनालाई लिइन्छ?

  • अक्टोबर
  • नर्मल सिजन–फेब्रुअरी, लो सिजन–नोभेम्बर र अफ सिजन–मार्च हुन् ।

Post a Comment

0 Comments