तपाईलाई थाहा छ, “कृष्णनीति” शब्दको अपभ्रंस भएर “क्रीश्चियानिटी” भएकोहो भनेर? क्रीस्चियन धर्मका प्रबर्तक “यशु ख्रीष्ट” भगवान “कृष्ण”बाट प्रभावित भएर “कृष्णनीति”को रुपमा नयाँ “क्रीस्चियन” धर्मको बिकास गरेको विभिन्न इतिहासविदले बताउने गरेका छन्। उनले दक्षिण एसियामा लामो समयसम्म हिन्दु र बौद्ध धर्मको गहन अध्ययन गरेको पनि बताइन्छ। विभिन्न प्रमाण सहित तयार पारिएका “स्वामी चन्द्रेश”का विभिन्न पुस्तकमा पनि स्पष्ट रुपमा यी कुराको उल्लेख छ।
हिन्दु धर्मको उत्पत्तिको बारेमा कुनै इतिहासकारले कुनै ठोस प्रमाण पेश गर्न नसकेको अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने पनि यो दाबी गर्न सकिन्छ कि सबैभन्दा पुरानो धर्म “हिन्दु” नै हो। बौद्ध धर्मको झन्डै २६०० बर्ष पुरानो इतिहास छ भने क्रीस्चियन धर्मको लगभग २०१५ बर्षको मात्र इतिहास छ, अझ मुस्लिम धर्मको त जम्मा “१६००”बर्ष मात्रको इतिहास छ।
पहिले “सबैलाई प्रेमले जित्नुपर्छ”भन्दै “कृष्णनीति”को रुपमा विकसित धर्मले पछि “राजनीतिक” रुप लिएको, प्रभाव, धाक/धम्कीका आधारमा अरुलाई उपनिबेशमा पार्ने गरेको देखिन्छ। नेपाल जस्तो गरिब मुलुकमा “गरिबी”, “आफ्नो धर्म प्रती गर्व गर्न नसक्नु”, “अशिक्षा” आदिका कारण आफ्नो प्रभाव पार्न सकेको छ यो धर्मले। दक्षिण अफ़्रिकि पुर्व राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, “जब क्रीस्चियन गोराहरु हाम्रो देशमा छिरे, उनीहरूको हातमा बाइबल मात्र थियो, हाम्रो हातमा शाशनसत्ता र जमिन, आँखा चिम्लेर हामीले बाइबल समात्यौँ, आँखा उघार्दा उनीहरूको हातमा शाशनसत्ता र जमिन थियो हाम्रो हातमा बाइबलमात्र।” यो चर्चित भनाइबाट पनि स्पष्ट हुन्छ क्रीस्चियनहरु कसरी धर्मका नाममा राजनीति गर्छन्।
विकिपेडियाको एउटा चर्चित लेखमा पनि भनिएको छ “भारतलाई पुरै आफ्नो उपनिबेशमा पार्दा पनि नेपालमा क्रीस्चियन गोराहरुलाई प्रवेश निषेध थियो तर यसबीचमा यत्ति धेरै राजनीतिक चलखेल भयो नेपालको जनसंख्याको झन्डै तीन प्रतिशत जनताआफ्नो धर्म बेचेर उनीहरूलाई स्वीकार गरे।”
झन्डै ८२% हिन्दुहरुको मतको अवमूल्यन गर्दै विगतको संसदले नेपाललाई “धर्म निरपेक्ष” भनी घोषणा गरेको छ, जसको दुरगामी असरको बारेमा गहिरो रूपमा कुनै राजनीतिक पार्टीका मान्छेले सोचेको देखिदैन।
आफ्नै “धर्म र संस्कृती” प्रती सधै गर्व गर्न सिकौं। श्रीमद्भागवत गीताले पनि हामीलाई यस्तै भनेको छ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.