(लोकसेवा आयोगको शाखा अधिकृत (अप्राविधिक)को पाठ्यक्रममा दोश्रो पत्र शासन प्रणाली (Governance System) को खण्ड (घ) अन्तर्गत ४.१ सँग सम्बन्धित नोट)
४.१ मानव श्रोत व्यवस्थापन: प्राप्ति, विकास, उपयोग र सम्भार (Human Resource Management: procurement, development, utilization and maintenance)
{tocify} $title={Table of Contents}
मानव स्रोत व्यवस्थापन
- HRM: संगठनका निर्धारित लक्ष्य र उद्देश्य हासिल गर्नका लागि जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने व्यवस्थापकीय प्रक्रिया नै मानवस्रोत व्यवस्थापन (HRM) हो।
- यसलाई मानवीय पूँजीको व्यवस्थापन, जनसाधनको व्यवस्थापन समेत भनिन्छ।
- HRM, Pre-Recruitment देखि Post-Retirement (Pre-R to post-R) सम्मका कार्यहरुको व्यवस्थापन हो।
विशेषता/ आवश्यकता/ महत्त्व
- जनसाधनलाई व्यवस्थापन गर्ने कला र विज्ञान हो,
- सबै तह र श्रेणीका जनसाधनका लागि उपयोगी,
- निरन्तर र परिवर्तनशील प्रक्रिया,
- सेवामूलक कार्य,
- ऐन, नियमको पालना,
- अन्तरसम्बन्धित विषय,
- नतिजामा जोड,
- मानवीय पक्षसँग सम्बन्धित / मानवीय सम्बन्धलाई सुदृढ पार्ने दर्शन,
- एकीकृत अवधारणा,
- परिवेश (Context) र पर्यावरण (Ecology) सँग अन्तरसम्बन्ध कायम गर्न सक्ने जनशक्तिमा रूपान्तरण गर्ने उद्देश्य,
- संगठनको आवश्यकता पूर्ति गर्न सक्ने सक्षम मानवस्रोतको प्रवन्ध गर्न,
- आर्थिक / वित्तीय, भौतिक स्रोतसाधनको समुचित व्यवस्थापन गरी सांगठनिक लक्ष्य हासिल गर्न,
- जनशक्तिको सशक्तिकरण र विकास गर्न,
- मानवस्रोतलाई उत्प्रेरित र मनोवलयुक्त तुल्याउन,
- मानवस्रोतको परिचालन र व्यवस्थापनलाई पूर्वानुमानयोग्य तुल्याउन।
आधारभूत पक्ष / कार्यहरू :
(क) प्राप्ति (Acquisition):
- संगठनलाई आवश्यक जनशक्तिको परिपूर्ति गर्ने कार्य,
- यस अन्तर्गत pre-Recruitment to socialization सम्मका क्रियाकलापहरू पर्दछन्।
१. भर्ना:
- संगठनलाई आवश्यक पर्ने जनशक्तिको योग्यता, उमेर, अनुभव र संख्यासमेत निर्धारण गरी Demand forecasting गर्ने र सोहिअनुसार योग्य व्यक्तिहरूलाई सूचित (आवेदन माग) गर्ने कार्य।
- भर्नाका लागि आन्तरिक वा खुला प्रक्रिया अवलम्बन गर्न सकिन्छ।
२. छनौटः
- आवेदन गर्ने व्यक्तिमध्येबाट विभिन्न जाँच/ परीक्षणको माध्यमद्वारा सबैभन्दा उपयुक्त उम्मेदवार चुन्ने प्रक्रिया।
- छनौटका लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, व्यवहारको परीक्षण, मनोविज्ञानको परीक्षण, अन्तरवार्ता जस्ता विभिन्न विधि र पद्धतिहरु अवलम्वन गरिन्छ।
३. नियुक्ति:
- छनौट भएका उत्कृष्ट व्यक्तिलाई निर्धारित पदमा बहाल गर्ने प्रक्रिया।
४. सामाजिकीकरण:
- संगठनका कर्मचारी, संगठनको कार्य वातावरणसँग नयाँ कर्मचारी परिचित हुने प्रक्रिया नै सामाजिकीकरण हो।
- यसबाट संगठनका मूल्य, मान्यता तथा विश्वास नयाँ कर्मचारीले बुझ्न र स्वीकार गर्न सुरु गर्दछ।
(ख) विकास (Development):
सांगठनिक आवश्यकता र पद्धति अनुसार मानवसाधनको क्षमता, दक्षता, सीप, ज्ञान अभिवृद्धि गर्ने कार्य;
१. तालिम: सेवा प्रवेश तालिम, सेवाकालीन तालिम
२. भ्रमण, अध्ययन, अनुसन्धान
३. सीप विकास: प्रविधि सीप, व्यवस्थापन सीप तथा व्यक्तित्व विकास
४. वृत्ति विकासका अवसरः सरुवा, बढुवा, नयाँ जिम्मेवारी
(ग) उपयोग (Utilization):
सांगठनिक लक्ष्य अनुरूप विकास गरिएका मानवस्रोतको प्रयोग र परिचालन गर्ने कार्य नै उपयोग हो।
१. उपयुक्त पदस्थापन: Right man in Right place, रुचि, चाहना, दक्षता, अनुभव अनुसार पदस्थापन गर्ने।
२. कार्य विवरण र कार्य जिम्मेवारी (Job description & Job Assignment): काम, कर्तव्य र अधिकार, कार्यसम्पादन सूचक, साधन स्रोत र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने।
३. कार्य पुष्टिकरण (Job Enrichment): कार्यवातावरण, कार्यशैली र कार्यप्रक्रियामा सुधार, नवीनतम प्रविधिको उपयोग, पद/जिम्मेवारीलाई सम्मानजनक बनाउने कार्य।
४. समूहगत कार्य (Team work): आत्मियता र अन्तक्रिया बढाउन, ज्ञान/सीपको साझेदारी अभिवृद्धि गर्न, कार्यप्रति अभिरुची सिर्जना गर्न, उत्पादकत्वमा वृद्धि गर्न।
५. सहभागिता (participation): संगठनका हरेक प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण सहभागिताले पारदर्शिता र प्रभावकारिता प्रवर्द्धन हुन्छ। हरेक कर्मचारीलाई संगठनका सबै क्रियाकलापसँग साक्षात्कार हुने अवसर प्रदान गरेमा उनीहरूको अनुभव, ज्ञान/ सीप, दक्षता अभिवृद्धि हुन्छ।
६. कार्यसम्पादन मूल्यांकन: सम्पादित कार्यको मूल्यांकन गरी राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने।
७. व्यवस्थापन सम्झौता (Management contract): समयसीमा (Time frame) भित्र निर्धारित लक्ष्य पूरा गर्न प्रोत्साहनको व्यवस्थाले उत्पादकत्वमा वृद्धि हुन्छ।
(घ) सम्भार (Maintenance):
आफ्नो क्षमताको प्रयोग गर्दै मानवस्रोतलाई संगठनप्रति संवेदनशील, कार्यप्रति लगाव, उर्जाशील, उत्पादनशील तथा उत्प्रेरित गराउँदै संगठनमा बढी योगदान दिने बनाउन गरिने कार्य नै सम्भार हो।
१. पर्याप्त सेवा, सुविधाहरू : मौद्रिक तथा गैरमौद्रिक,
२. उपयुक्त कार्य वातावरणः दवाव र प्रभावमुक्त,
३. उत्प्रेरणा र मनोबल,
४. प्रभावकारी सञ्चार र समन्वय,
५. सुस्पष्ट वृत्ति विकास पद्धति,
६. प्रतिभा व्यवस्थापन,
७. पुरस्कार/ सम्मान,
८. पेशागत सुरक्षा (Job Security)।
मानव स्रोत व्यवस्थापनका आयामहरू
(क) सक्षमता (competency)
(ख) व्यवसायिकता (professionalism)
(ग) नैतिकता (Ethics)
(घ) वृत्ति व्यवस्थापन र नेतृत्व विकास (Career management leadership development)
(ङ) श्रम सम्बन्ध (Labor Relation)
नेपालमा मानवस्रोत व्यवस्थापन (HRM)
सवल पक्ष (Strengths)
प्राप्ति
- योग्यता प्रणाली (Meritocratic system) मा आधारित भर्ना,
- तल्ला तहमा खुला, माथिल्लो तहमा बन्द प्रणाली तथा छड्के प्रवेश,
- योग्यलाई आकर्षण गर्ने सिद्धान्त,
- प्रत्येक पदमा वार्षिक विज्ञापन,
- छनौटमा प्रतियोगितात्मक परीक्षा र अन्तरवार्ताको व्यवस्था,
- स्वतन्त्र संवैधानिक निकाय (लोकसेवा आयोगको व्यवस्था)।
विकास
- कर्मचारीलाई स्वदेश/ विदेश तालिम, अध्ययन र भ्रमणको अवसर,
- पेशागत सीप अभिवृद्धि कार्यक्रम,
- सेवाकालीन तालिम तथा अधिकृत स्तरमा सेवा प्रवेश तालिम।
उपयोग
- कर्मचारीको ज्ञान, अनुभव र रुचिका आधारमा पदस्थापन,
- कार्यविवरण (Job description) लागु,
- Team work पद्धतिलाई अनुशरण,
- निर्णय प्रक्रिया र कार्यसम्पादनमा सहभागितामूलक प्रणाली।
सम्भार
- तलवभत्ता पुनरावलोकन (periodic review) को व्यवस्था,
- कार्यसम्पादनमा आधारित तलव (performance based pay) को सुरुवात,
- सामुहिक सौदावाजी (collective bargaining) सहित ट्रेड युनियन अधिकार,
- निजामती सेवा पुरस्कारको व्यवस्था,
- उपचारखर्च, बीमा सुविधा, सञ्चयकोष,
- वृत्तिविकासका अवसर,
- अवकासपछि उपदान/ निवृत्तिभरणको व्यवस्था।
दुर्बल पक्ष (weakness)
प्राप्ति:
- समय मै पदपूर्ति नहुनु,
- रिक्त पदको यथार्ध विवरण नहुनु,
- Positive Recruitment System (Talent Hunt) छैन,
- वैज्ञानिक तथा व्यवहारिक पाठ्यक्रमको अभाव,
- राजनीतिक अस्थिरताले पदपूर्तिमा अवरोध ल्याउने (लोकसेवा पदाधिकारी विहिन हुनु, समयमा रिक्त पदको विवरण नपठाउनु)
विकासः
- कार्य विशिष्टिकरण अनुसार फरक तालिम हुनुपर्नेमा एकै किसिमको हुनु,
- सेवा प्रवेश तालिम प्रयोगात्मक नभई सैद्धान्तिक मात्र, सेवाकालिन तालिम अनिवार्य नभई स्वैच्छिक,
- स्थानीय सेवाका कर्मचारीलाई सेवाप्रवेश/ सेवाकालीन तालिम नदिइएको,
- कार्यसम्पादन मूल्यांकन प्रक्रियामा मात्रै सीमित,
- अध्ययन भ्रमण, अध्ययन अनुसन्धानका अवसरमा असमानता, पूर्वानुमानयोग्य छैन, पहुँचवालाले हालीमुहाली छ।
उपयोगः
- Right man in Right place को अवधारणा लागु छैन,
- Human potentiality लाई उपयोग गरिदैन,
- Job enrichment को अवस्था कमजोर छ,
- Human value add हुन सकेको छैन,
- स्पष्ट कार्यविभाजन, कार्यविवरण र जिम्मेवारीको अभाव,
सम्भारः
- सेवा सुविधा (मौद्रिक /गैरमौद्रिक) न्यून छ,
- Performance based pay & Incentive सबैतिर लागू छैन, भएकोमा पनि प्रभावकारी छैन,
- निजामती सेवा पुरस्कार समेत स्वविवेकमा आधारित,
- उत्प्रेरणा र मनोबलका पक्ष कमजोर।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.