(लोकसेवा आयोगको शाखा अधिकृत (अप्राविधिक)को पाठ्यक्रममा दोश्रो पत्र शासन प्रणाली (Governance System) को खण्ड (ख) अन्तर्गत २.४ सँग सम्बन्धित नोट)
२.४ मानव अधिकार (Human rights){tocify} $title={Table of Contents}
अवधारणा
मानव समुदाय आदिम समाज (Primitive Society) मा स्वतन्त्र थियो। आदिम समाज विकासको क्रममा अघि बढ्न थाल्यो। समाज विकासको क्रमसँगै मानिसद्वारा मानिसको शोषण, हिंसा, अपमान वा यातनाजस्ता अमानवीय व्यवहार बढ्न थाले। यस्ता अमानवीय व्यवहारहरुको विकासक्रमले शोषणको सीमा यति माथि पुग्यो कि मानिसलाई मानिसको दास वा कमारोको स्थितिसम्म पुऱ्याइयो र ऊ वस्तु झैं खरिदविक्री हुन थाल्यो। यस्तो भय र सन्त्रासपूर्ण अमानवीय अवस्थाबाट मानिसलाई बचाउनका लागि मानव सभ्यताले कुनै न कुनै मार्गको अवलम्बन गर्न चाहन्थ्यो। सबै मानिसको जन्म समान र स्वतन्त्ररुपमा हुने भए तापनि कोही मालिक र कोही दासका रुपमा किन अन्याय र असमानताको सिकार हुनु परेको होला भनी चिन्तन हुन थाल्यो। मानिसको यही चिन्तनको परिणामस्वरुप न्याय, नैतिकता र मर्यादा (Justice, Morality & Dignity) का लागि शोषण विरुद्धको आन्दोलनको सूत्रपात भयो। वास्तवमा यही शोषणविरुद्धको आन्दोलनको जग नै मानव अधिकारको अवधारणात्मक जग (Conceptual Foundation of Human Rights) हो भन्न सकिन्छ।
परिचय
- मानिसले मानिस भएकै कारण प्राप्त गर्ने जन्मसिद्ध नैसर्गिक (Inherent) अधिकारलाई मानव अधिकार भनिन्छ।
- मानिसलाई मानवीय मर्यादामा रहेर बाँच्नका लागि चाहिने न्यूनतम अधिकारहरुको समष्टिगत रूप नै मानव अधिकार हो।
- मानव अधिकारहरु सर्वमान्य, जन्मसिद्ध, नैसर्गिक, अविभाज्य, अहरणीय र अपरिहार्य हुन्छन्। यी अधिकारहरु प्रकृति प्रदत्त हुन्छन् र हरेक व्यक्तिलाई विना भेदभाव स्वभाविक रुपमा प्राप्त हुन्छन्।
- मानव अधिकार अन्तर्गत सामान्य रुपमा नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, अल्पसंख्यक समुदाय तथा जनजाति, महिला, बालबालिका र जेष्ठ नागरिकका विशेष अधिकारसहित विकास सम्बन्धी अधिकार र मानव जातिको साझा उत्तराधिकारित्वको स्वामित्व सम्बन्धी अधिकारहरु समेत पर्दछन्।
- मानव अधिकारको संरक्षण नभएको मुलुक वा समाज कमजोर, असक्षम, गरिबीयुक्त र मानवीय संवेदनाविहीन हुन्छन्। यस्ता मुलुक वा समाज दिगो विकासको पक्षमा अग्रसर हुन सक्दैनन्। त्यसैले हरेक सभ्य समाजमा मानव अधिकारलाई संवैधानिक मौलिक र कानूनी अधिकारको रुपमा कानूनी पद्धतीमा समाहित गरिएको हुन्छ।
- संयुक्त राष्ट्रसंघको बडापत्रमा सर्वप्रथम मानव अधिकारको विश्वव्यापी संरक्षणको व्यवस्था गरिएको पाइन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ जारी भएपछि यो विषय झन् घनिभूत रुपमा विश्वव्यापी बन्न गएको देखिन्छ।
- नेपालमा नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा हुँदादेखि नै अधिकारहरुको उल्लेख गरिंदै आएकोमा वर्तमान संविधानमा पनि विविध अधिकारहरुलाई समेटिएको छ। नागरिकका मौलिक अधिकारको रुपमा विभिन्न मानव अधिकारहरुलाई राज्यको अङ्ग तथा विभिन्न निकायहरुद्वारा लागू गराउने प्रत्याभूति गरिएको छ। यसका अलावा राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुको रुपमा कतिपय आर्थिक तथा सामाजिक अधिकारको महत्वलाई समेत जोड दिई संविधानमा समावेश गरिएको देखिन्छ।
अर्थ र परिभाषा
- मानव अधिकार भन्नाले त्यस्ता अधिकारहरुको समूहलाई जनाउँछ जुन अधिकारहरु विश्वका सम्पूर्ण मानव समूदायका प्रत्येक सदस्यमा निहित छ भनी अन्तरराष्ट्रिय कानूनद्वारा निर्धारण गरिएको हुन्छ।
- मानव अधिकारको अभिव्यक्ति अन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन्, जुन अधिकारहरु विश्वभरिका सम्पूर्ण मानिसहरुमा जाति, भाषा, धर्म, लिङ्ग, राष्ट्रियता, उत्पत्ति, सामाजिक तथा आर्थिक स्थिति, राष्ट्रिय सीमाना आदिको भेदभावबिना निहित हुन्छ। मानव अधिकारको सिर्जना अन्तरराष्ट्रिय कानूनद्वारा गरिएको हुन्छ।
- राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ ले जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकार तथा नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा निहित अधिकारलाई मानव अधिकार भनी परिभाषित गरेको छ।
- अमेरिकी स्वतन्त्रताको घोषणापत्र तयार पार्ने थोमस जेफर्सनले “सबै मानिसहरुको समान रुपमा उत्पत्ति भएको छ र सृष्टिले उनीहरुलाई खास किसिमका अपरिहार्य अधिकारहरुले सम्पन्न तुल्याएको छ। जीवन, स्वतन्त्रता र सुखको अनुशरण ती अधिकारहरुमध्ये मुख्य हुन्" भनेका छन् ।
- अतः मानव भएकोले मानवकै हैसियतमा मर्यादित भएर बाँच्नको लागि आवश्यक पर्ने अधिकारहरुलाई मानव अधिकार भनिन्छ। अन्तरराष्ट्रिय सन्धि सम्झौता अन्तर्गत प्राप्त अधिकारलाई अन्तरराष्ट्रिय मानव अधिकार, राष्ट्रिय तहमा प्राप्त अधिकारलाई राष्ट्रिय मानव अधिकार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानव अधिकारको सम्मिश्रण भएर संविधानमा व्यवस्थित अधिकारहरुलाई संवैधानिक तथा मौलिक अधिकार र संविधान तथा अन्तरराष्ट्रिय सन्धि सम्झौताहरुको कार्यान्वयनको सिलसिलामा बनाइने कानून अन्तर्गत स्थापित मानव अधिकारहरुलाई कानूनी अधिकार भनेर पनि बुझ्ने गरेको पाइन्छ । यी अधिकारहरुमध्ये कतिपय अधिकारहरु प्राकृतिक अधिकार (Natural Rights) हुन्।
विशेषता
विधिशास्त्रीय मान्यता अनुसार मानव अधिकारका निम्न पाँच किसिमका सार्वभौमिक विशेषताहरु रहेको हुन्छ:
(क) विश्वव्यापीः विश्वव्यापी रुपमा मानव अधिकारको प्रयोग हरेक स्थान र समयमा एकनाशले हुन्छ।
(ख) सार्वभौमः मानव अधिकार सार्वभौम हुन्छन्। यसको सर्वोच्चतालाई Fundamental Norms मान्न सकिन्छ।
(ग) अविभाज्यः मानव अधिकारलाई मानव जीवनसँग विभाजन गर्न सकिँदैन। यी अधिकार अविभाज्य हुन्छन्।
(घ) अहरणीयः संसारको कुनै पनि राज्य शक्तिले यी अधिकारहरुलाई हरण गर्न सक्दैन। मानव अधिकार अहरणीय हुन्छन्।
ङ) नैसर्गिक/प्राकितिक/जन्मजातः यी नैसर्गिक अर्थात् प्राकृतिक र जन्मजात अधिकार हुन्। यो किन्नु, कमाउनु वा प्राप्त गर्नु पर्ने विषय होइन। प्रकृतिको सृष्टि र दृष्टिमा हरेक मानिस समान हुन्छ र विनाभेदभाव अधिकार र स्वतन्त्रताको हकदार हुन्छ।
दस्तावेजहरुको वर्गीकरण
मानव अधिकार सम्बन्धी दस्तावेजहरुलाई तिनीहरुको प्रकृति र शक्तिका आधारमा अन्तर्राष्ट्रिय मानव अधिकार दस्तावेज (International Human Rights Instruments) र विश्वव्यापी मानव अधिकार दस्तावेज (Universal Human Rights Instruments) गरी दुई वर्गमा विभाजन गर्ने गरिन्छ।
पहिलो वर्गका मानव अधिकार दस्तावेजः यस अन्तर्गत सन्धि, महासन्धि, अभिसन्धि, अनुबन्ध, प्रतिज्ञापत्र आदि नामले जानिन्छ। कानूनतः यी दस्तावेजहरु बाध्यकारी हुन्छन्। विश्वका कुनै पनि राष्ट्र यी दस्तावेजको सदस्य बन्न सक्दछन्।
दोस्रो वर्गका मानव अधिकार दस्तावेजः संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रियस्तरमा अवलम्बन गरिएका मानव अधिकार सम्बन्धी घोषणापत्रहरु (Declarations), सिद्धान्तहरु (Principles), निर्देशिकाहरु (Guidelines), मापदण्डहरु (Standard Rules) र सुझावहरु (Recommendations) दोस्रो वर्गका मानव अधिकार दस्तावेज हुन्। यी दस्तावेजहरुको कुनै कानूनी हैसियत हुँदैन तथापि पहिलो वर्गका दस्तावेजहरुलाई नैतिक बल र व्यवहारिक मापदण्ड प्रदान गर्न यिनीहरुको निकै ठूलो महत्व रहन्छ।
विकासक्रम
- इसापूर्व ६००-५०० मा कन्फ्युसियस, प्लेटो, अरस्तु जस्ता व्यक्तिले मानवीय मूल्य सबैभन्दा माथी छ भनी मानव अधिकारको चिन्तन गरेको पाइन्छ।
- सन् १२१५ को Magnacarta, १६२८ को Petition of Rights र १६८९ को Bill of Rights लाई मानव अधिकारको विकासक्रममा महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ।
- सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा मानवअधिकारका देहायका प्रावधान समावेश गरिएकोः (तयार गर्ने थोमस जेफर्सन)
- सबै मानिसहरुको समानरुपमा उत्पत्ति भएकोले समान छन्।
- सृष्टिले मानिसहरुलाई खास किसिमका अपरिहार्य अधिकारहरुले सुसम्पन्न तुल्याएको छ(तीमध्ये मुख्यतः जीवन, स्वतन्त्रता र सुखको अनुसरण)
- सरकारले प्राप्त गरेका अधिकारको स्रोत जनता भएको, जनताको अधिकारको रक्षा गर्ने दायित्व सरकारसँग हुने र त्यो दायित्व निर्वाहबाट बिमुख भएमा त्यस्तो सरकारलाई हटाई नयाँ सरकार स्थापना गर्ने अधिकार पनि जनतामा नै निहित रहेको (सार्वभौम अधिकार)।
- सन् १७८९ मा French National Assembly ले Declaration of the Rights of Man and the Citizen को All men are born and remain free and have equal rights भन्ने उद्घोषलाई सन् १७९१ को संविधानमा समावेश गरिएको थियो।
- सो घोषणापत्रमा मानिस स्वतन्त्र र समान रुपले जन्मेका हुन्छन्, मानिसका प्राकृतिक र अहरणीय अधिकारको रक्षा गर्नु राजनीतिक सङ्गठनको मुख्य उद्देश्य हो भन्दै मानिसको स्वतन्त्रता, सम्पत्ति र सुरक्षाको खिलाफमा हुने दमन, शोषणविरुद्ध संघर्ष गर्न पाउने Right to Revolt तथा
- रुसोद्वारा प्रतिपादित सार्वजनिक इच्छाको सिद्धान्त (कानून सार्वजनिक इच्छाको अभिव्यक्ति हो) लाई मान्यता प्रदान गरिएको थियो।
- मूलतः १९ औं र २० औं शताब्दीमा संसारको धेरैजसो देशले संविधान निर्माण गरी हक अधिकारहरु संरक्षण गर्ने नीति लिए।
- सन् १८९० मा आएर दासता र देह व्यापारलाई रोक्न ब्रसेल्स सन्धि भयो।
- सन् १८६४ बाट शुरु भएको जेनेभा महासन्धिले विभिन्न चरणमा अन्तरराष्ट्रिय मानवीय कानून (युद्ध सम्बन्धी नियमहरु) को विकास गर्यो। सन् १९४९ का चारवटा जेनेभा महासन्धि र तिनीहरुको साझा धारा ३ ले द्वन्द्वको समयमा मानवीयताको रक्षा सम्बन्धी विशेष व्यवस्था गरेको छ।
- प्रथम विश्वयुद्ध पश्चात् सन् १९१९ मा भएको भर्साइल्स सन्धिको कार्यान्वयनस्वरुप १० जनवरी १९२० मा राष्ट्रसंघ (League of Nations) गठन भएबाट मानवीय मर्यादाको संरक्षणका लागि संस्थागत प्रयासको थालनी भएतापनि यो दिर्घकालमा सफल ठहरिएन।
- सन् १९४१ मा फ्रांकलीन रुजबेल्टले अमेरिकी कंग्रेसमा सम्बोधनको क्रममा Human Rights नामक वाक्यांशको प्रयोग गरेका थिए। पछि 24 October 1945 मा स्थापित UNO को बडापत्र लगायतका दस्तावेजहरुमा सो वाक्यांश प्रयोग गरियो। सो बडापत्रमा मानव जातिलाई युद्धको विभिषिकाबाट बचाउने र मौलिक मानव अधिकारहरुमा मानवीय व्यक्तिको मर्यादा र मूल्यमा, ठूला र साना राष्ट्रहरुमा, नर-नारीको समान हकमा विश्वास पुनः दृढ गराउने संकल्प गरिएको पाइन्छ। वर्तमान विश्वको मानव अधिकार सम्बन्धी विषयको औपचारिक संरक्षक UNO लाई मानिएको छ। यसको आधिकारिक शुरुवातीको दस्तावेज UNO को वडापत्र हो।
- UNO को बडापत्रमा उल्लेखित प्रावधानहरुलाई कार्यान्वयनको क्रममा १० डिसेम्बर १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ जारी गरियो। ३० धारा रहेको यो घोषणापत्रमा धारा ३ देखि २१ सम्म नागरिक तथा राजनीतिक अधिकार र धारा २२ देखि २७ सम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार समावेश छन्। यो घोषणापत्र सैद्धान्तिक प्रतिबद्धताका रूपमा जारी गरिएकाले कार्यान्वयन गर्न कानूनी रुपमा बाध्य नहुने भए तापनि यसको नैतिक बल भने रहेको छ।
- तत्कालीन विश्वको राजनीतिक ध्रुवीकरणको कारण समाजवादी मुलुकहरुको नेतृत्व गर्ने सोभियत संघ र पुँजीवादी मुलुकहरुको नेतृत्व गर्ने अमेरिकाबीच अधिकारका प्राथमिकताका विषय नमिलेपछि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणपत्र, १९४८ नामक उक्त सैद्धान्तिक दस्तावेजलाई व्यवहारिक रुप दिन १६ डिसेम्बर १९६६ मा ICCPR र ICESCR दुई अलग-अलग प्रतिज्ञापत्रहरु जारी गरिएपछि विचारधारा र अधिकारको प्राथमिकताका विषयमा देखिएको यही फरकपनका कारण समाजवादी राजनीतिक व्यवस्था अँगालेका मुलुकहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ (ICESCR) लाई अनुमोदन गरे भने पुँजीवादी राजनीतिक व्यवस्था अँगालेका मुलुकहरुले नागरिक तथा राजनीतिक अधिकार भएदेखि सबैकुरा त्यसैबाट उपलब्ध हुन सक्ने भन्ने धारणास्वरुप नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ (ICCPR) लाई अनुमोदन गरे।
- मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले मानव अधिकारको समग्र पक्षलाई समेटेको हुनाले यिनलाई संयुक्त रुपमा मानव अधिकारको प्रतिज्ञापत्र (Bill of Human Rights) भनिन्छ। संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नागरिक तथा राजनीतिक अधिकार विषयक अनुबन्ध १९६६ र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार विषयक अनुबन्ध १९६६ का आलेखहरुलाई पनि मानव अधिकारको प्रतिज्ञापत्रको अङ्गको रुपमा सम्बोधन गरेको छ।
मानव अधिकारको महत्व
- मानव मर्यादा र प्रतिष्ठा कायम गराउन सघाउँछ,
- मानिसलाई स्वतन्त्र र आत्मनिर्भर बन्न सहयोग गर्दछ,
- विश्व शान्ति र सुरक्षा कायम गर्दछ,
- मानव सभ्यताको विकास र प्रवर्द्धन गर्दछ,
- मानव विकासमा आवश्यक परिवर्तन गर्दै जीवनस्तरमा सुधार गर्दछ,
- अन्याय, भेदभाव, अत्याचार र असमानताको अन्त्य गर्दै सामाजिक न्याय र समानता कायम गराउन सघाउँदछ,
- राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन सघाउँछ,
- दिर्घकालीन र स्थायी रुपमा द्वन्द्वको निरुपण गर्न सघाउ पुऱ्याउँछ,
- समाजमा पिछडिएको वर्ग, समुदाय र जातिलाई सशक्तीकरण, मूलप्रवाहीकरण तथा समावेशीकरण गर्न सघाउँछ,
- समग्रमा राज्य, सरकार र अन्तर्गतका निकायहरुलाई जनमुखी, उत्तरदायी र प्रतिबद्ध बनाउन सहयोग गर्दछ।
मानव अधिकारको प्रकृति र क्षेत्र
मानव अधिकार अन्तर्राष्ट्रिय कानूनबाट निःसृत हुने र कार्यान्वयन राष्ट्रिय स्तरमा हुने गर्दछ। कुनै पनि राज्यले मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरुमा पक्ष राष्ट्रको रुपमा हस्ताक्षर गरिसकेपछि आफ्नो राज्यमा सन्धिले सिर्जना गरेको दायित्व वहन गर्नका लागि अन्तर्राष्ट्रिय मानव अधिकार कानूनका व्यवस्था स्थानीयकरण गरिन्छ र उपभोगयोग्य बनाइन्छ। यसरी स्थानीयकरण गर्दा स्थानीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बाझियो भने अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको व्यवस्था लागू गर्नु पर्दछ। त्यस कारण मानव अधिकारको प्रकृति सर्वव्यापक (Universal) र यसको क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दोहोरो देखिन्छ। तापनि राष्ट्रले सरकारी तथा गैरसरकारी दुवै क्षेत्रबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना सम्बन्धमा नियमित प्रतिवेदन प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत भएकाले यसको प्रकृति र क्षेत्र दुबै अन्तर्राष्ट्रिय स्तरको हुन्छ भन्न सकिन्छ।
मानव अधिकार सम्बन्धी प्रमुख महासन्धी (Core Conventions)
मानव अधिकारका प्रमुख महासन्धिहरु देहाय बमोजिम नौवटा रहेका छन् :
नेपाल पक्ष राष्ट्र भएका :
- सबै प्रकारका रङ्गभेद विरुद्धको महासन्धि, १९६५ (ICERD)
- नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ (ICCPR )
- आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धि, १९६६ (ICESCR)
- महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, १९७९ (CEDAW)
- यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि, १९८४ (CAT)
- बालअधिकार महासन्धि, १९८९ (CRC)
- अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सम्बन्धी महासन्धि, २००६ (CRPD)
नेपाल पक्ष राष्ट्र हुन बाँकी रहेका :
- आप्रवासी कामदार र तिनका परिवारको अधिकार सम्बन्धी महासन्धि, १९९० (ICMW)
- बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी अन्तरराष्ट्रिय महासन्धि, २००६ (CPED)
सन्धि सम्झौताहरुको कार्यान्वयन
Monism (अद्वैतवाद):
Dualism (द्वैतवाद):
मानव अधिकारका स्रोतहरु :
- राज्यहरुले स्वीकार गरेका अभ्यासहरु (Settled Practice of States),
- ती अभ्यासहरुप्रति राज्यको त्यस्तो मनोवैज्ञानिक धारणा जसको उल्लंघन कानूनी रुपमा गर्न मिल्दैन वा सकिदैन वा त्यस्ता अभ्यासहरुको निरन्तर आवश्यक छ।
मानव अधिकारको वर्गीकरण
क) प्रकृतिका आधारमा:
नकारात्मक अधिकार:
सकारात्मक अधिकार:
(ख) उत्पत्ति/पुस्तेवारीको आधारमा
पहिलो पुस्ताको अधिकार :
दोस्रो पुस्ताको अधिकार :
तेस्रो पुस्ताको अधिकार :
चौथो पुस्ताको अधिकार :
(ग) स्वरुपको आधारमा
नागरिक तथा राजनीतिक अधिकार :
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार :
(घ) उपभोगको आधारमा
व्यक्तिगत अधिकार:
सामूहिक अधिकार :
मानव अधिकारका मान्यता र सिद्धान्तहरु
विश्वव्यापकता र अविभाज्यता (Universality & Indivisibility):
अन्तरनिर्भर र अन्तरसम्बन्धित (Interdependence & Inter relationship):
समानता र अविभेद (Equality & Non discriminatory):
सहभागितामूलक र समावेशिता (Participatory & Inclusive):
जवाफदेहीता र विधिको शासन (Accountability & Rule of Law):
घरेलु क्षेत्राधिकार र उपचार (Domestic Jurisdiction & The Exhaution of Local Remedies):
मानव अधिकारका विषयहरु
(क) नागरिक तथा राजनीतिक अधिकार
- निर्वाचनमा उम्मेदवार हुन पाउने,
- कुनै पनि मतको समर्थन वा विरोध गर्न पाउने,
- विचार र आस्था राख्न पाउने,
- दल वा संघ/संस्था खोल्न पाउने,
- सभा/सम्मेलन गर्न पाउने,
- बोलेर वा छापेर आफ्नो मतको प्रचार गर्न पाउने,
- छिटो र सस्तो न्याय पाउने,
- आन्दोलन गर्न पाउने।
(ख) आर्थिक अधिकार
- गाँस, बास, कपास र रोजगारीको अधिकार,
- स्वास्थ्योपचारको अधिकार,
- कामको उचित ज्याला साथै समान कामको लागि महिला र पुरुषमा अविभेद,
- सम्पत्ति आर्जन, उपभोग र संरक्षणको अधिकार,
- सार्वजनिक सम्पत्तिको उपभोग सम्बन्धी अधिकार,
- ट्रेडयुनियन गठन र त्यसमा सामेल हुन पाउने अधिकार।
(ग) सामाजिक अधिकार
- शिक्षा, स्वास्थ्य र सुरक्षाको अधिकार,
- जातीय समानताको अधिकार,
- सुविधा उपभोगको अधिकार,
- व्यक्तित्व विकास र अवसर उपभोगको अधिकार,
- विवाह र प्रसूति सम्बन्धी अधिकार।
(घ) सांस्कृतिक अधिकार
- परम्पराअनुसार विवाह, व्रतवन्ध र मृत्युसंस्कार गर्न पाउने अधिकार,
- स्वतन्त्रतापूर्वक आफ्नो समुदायको साँस्कृतिक जीवनमा भाग लिन पाउने अधिकार,
- आफ्नो कला, संस्कृति र सम्पदाहरुको संरक्षण, उपभोग र लाभ लिन पाउने अधिकार।
मानव अधिकार सम्बन्धमा राज्यको दायित्व
(१) सम्मान गर्ने दायित्व (Respect bound obligation):
(२) संरक्षण गर्ने दायित्व (Protect bound obligation):
(३) पूरा गर्ने दायित्व (Fulfill bound obligation):
मानव अधिकारका सीमा
- संकटकालीन अवस्थामा कतिपय हकहरु निलम्बन गर्न सकिने, संकटकालीन अवस्थामा मौलिक हकका कतिपय धारा निलम्बन गरिएकोमा अदालतमा प्रश्न उठाउन नसकिने,
- निश्चित प्रक्रिया पुरा गरेर कसैको अधिकार उल्लंघन गर्न सकिने (जस्तै सार्वजनिक हितका लागि कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्न सक्ने तर त्यसरी अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम गर्नु पर्ने।)
मानव अधिकारको उल्लङ्घन सम्बन्धी उपचार
देशभित्रै कानूनबाट प्राप्त हुने उपचार :
अन्तर्राष्ट्रिय कानूनबाट प्राप्त हुने उपचार :
मानव अधिकार कार्यान्वयन, रक्षा र उपचार प्राप्त गर्ने संयन्त्रहरु :
मानव अधिकारको संरक्षण र प्रबर्द्धनमा सरोकारवालाहरुको भूमिका :
मानव अधिकार र मौलिक हकबीच फरकः
नेपालमा मानव अधिकारको अवस्था
कानूनी संयन्त्र
- नेपालको संविधान :
- प्रस्तावनामा मानव अधिकारप्रति पूर्ण प्रतिवद्धता व्यक्त,
- उपचारसहित ३१ वटा विभिन्न मौलिक हकको व्यवस्था,
- राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु मानव अधिकार संरक्षणका लागि प्रतिवद्ध,
- सर्वोच्च अदालतलाई मौलिक हकको प्रचलनका लागि असाधारण अधिकारक्षेत्र,
- कतिपय मौलिक हकहरु संकटकालमा पनि निलम्बन हुन नसक्ने प्रावधान,
- अन्तर्राष्ट्रिय सन्धि कानून सरह लागु हुने।
- अपराध पीडित संरक्षण ऐन, २०७५
- अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
- कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८क्षतिपूर्ति ऐन, २०१९
- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५
- खाद्य ऐन, २०२३घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
- जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८
- जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३
- बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
- बालबालिका सम्बन्धी ऐन, २०७५
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४
- मुलुकी देवानी संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
- यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३
- राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ (तथा अन्य आयोग ऐन)
- रोजगारीको हक सम्बन्धी ऐन, २०७५
- वातावरण संरक्षण ऐन, २०७६
- श्रम ऐन, २०७४
- सामाजिक सुरक्षा ऐन, २०७५
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- स्वास्थ्य बीमा ऐन, २०७४
संस्थागत संयन्त्र
नेपालमा राष्ट्रिय मानव अधिकार आयोग
- नेपालको संविधान, भाग-२५, धारा २४८- २४९ मा व्यवस्था,
- नेपालमा संवैधानिक निकायको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहेको,
- अध्यक्ष र अन्य चारजना सदस्य रहने व्यवस्था,
- राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा अध्यक्ष र सदस्यको नियुक्ति गर्ने प्रावधान
- अध्यक्ष र सदस्यको पदावधि नियुक्तिको मितिले छ वर्षको हुने र पुनःनियुक्ति हुन नसक्ने व्यवस्था,
- तर सदस्यलाई अध्यक्ष पदमा नियुक्त गर्न सकिने र त्यसरी नियुक्ति भएमा पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना हुने,
अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था:
अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि योग्यता
राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार :
(१) कर्तव्य:
(२) काम:
(३) अधिकार
मानव अधिकार : सापेक्ष की निरपेक्ष ?
नेपालमा मानव अधिकारको प्रत्याभूतिमा देखिएका समस्याहरु
- अन्तर्राष्ट्रिय दायित्व अनुरुपका नीति र कानून पूर्ण रुपमा तर्जूमा हुन नसक्नु,
- प्रचलित कानूनहरु सामयिक रुपमा परिमार्जन हुन नसक्नु,
- स्पष्ट मापदण्ड र आधारविना नै मुद्दा फिर्ता गर्ने कार्यले निरन्तरता पाइरहनु,
- दशवर्षे सशस्त्र युद्धको क्रममा भएका मानव अधिकार उल्लङ्घनमा उपचार प्राप्त नहुनु,
- राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन अपेक्षित मात्रामा हुन नसक्नु,
- मानव अधिकारको संरक्षण गर्ने निकायको क्षमता विकास पर्याप्त रुपमा नहुनु,
- मानव अधिकारसँग सम्बन्धित निकायको कार्यसम्पादन प्रभावकारी नहुनु,
- महिला अधिकार, छुवाछूत विरुद्धको अधिकार जस्ता अधिकार व्यवहारमा प्रत्याभूत हुन नसक्नु,
- मानव अधिकार सम्बन्धी नीतिहरुको कार्यान्वयन हुन नसक्नु,
- मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न नसक्नु,
- मानव अधिकार संस्कृति (स्वतस्फूर्त मानवीय व्यवहार देखाउनु मानव अधिकार संस्कृति हो।) को विकास नहुनु।
नेपालमा मानव अधिकारको प्रत्याभूतिका लागि सुझावहरु
- मानव अधिकार सम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरुमा प्रतिबद्धता जनाए अनुरूप विद्यमान कानूनको संशोधन, परिमार्जनका साथै आवश्यकतानुसार नयाँ कानून तर्जुमा र कार्यान्वयन गर्नु पर्ने,
- बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी अन्तरराष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र बनी त्यसबाट सिर्जित अन्तरराष्ट्रिय दायित्वलाई कार्यान्वयन गर्नका लागि अन्तरराष्ट्रिय कानूनको घरेलुकरण गरी कार्यान्वयन गर्ने,
- मुद्दा फिर्ता कार्य पारदर्शी ढंगले स्पष्ट मापदण्डका आधारमा मात्र गर्नु पर्ने,
- दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितलाई छिटो उपचार प्रदान गर्ने,
- मानव अधिकारसँग सम्बन्धित सरकारी, गैरसरकारी संस्थाहरुको क्षमता, कार्यदक्षता र प्रभावकारिता अभिवृद्धि गर्ने,
- मानव अधिकार राष्ट्रिय कार्ययोजनाले पहिचान गरेका विषयहरुलाई सम्बन्धित मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्नु पर्ने,
- दण्डहिनताको अन्त्य गरी कानूनको शासनलाई सुनिश्चित गर्नु पर्ने,
- राष्ट्रिय मानव अधिकार आयोगलाई सिफारिसकर्ता निकायको रुपमा मात्र नभई अनुसन्धान तहकिकात र अभियोजन गर्ने निकायको रुपमा विकास गर्नु पर्ने,
- मानव अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.