नेपालकोे राजनीतिक विभाजन (सङ्घ, प्रदेश र स्थानीय तह)
सङ्घ
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ ।
- सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ ।
- सङ्घीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ ।
- नेपालको संविधानले अनुसूची ५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र सङ्घीय कानुनबमोजिम हुने उल्लेख छ ।
- त्यसैगरी अनुसूची ७ मा भएको संघ र प्रदेशको साझा अधिकारको सुची र अनुसूची ९ बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सुचीको प्रयोग पनि सङ्घ मार्फत हुने व्यवस्था छ ।
- अविशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गने व्यवस्था गरिएको छ ।
प्रदेश
- संविधान बमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदेशका रूपमा परिभाषित गरिएको छ ।
- नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ ।
जसअनुसार सात प्रदेशलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छ ।
प्रदेश नं १
- सीमानाः पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेश प्रदेश र बागमती प्रदेश
- जिल्लाः १४ (ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेरथुम, धनकुटा, भोजपुर, खोटाङ, सालुखुम्बु, ओेखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी)
- कुल क्षेत्रफलः २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६%)
- ठूलो जिल्लाः ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्लाः तेह्रथुम (६७९ व.कि.मि.)
- राजधानीः विराटनगर (मोरङ)
- जनसङ्ख्याः ४५,३४,९४३ (जनगणना २०६८ अनुसार)
- जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरू तथा नेपाली, मैथिली, किराती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु मुख्य भाषा
मधेश प्रदेश
- सीमानाः पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश
- जिल्लाः आठ (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा)
- क्षेत्रफलः ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५)
- ठूलो जिल्लाः सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्लाः महोत्तरी (१,००२ व.कि.मि.)
- राजधानीः जनकपुर (धनुषा)
- कुल जनसङ्ख्याः ५४,०४,१४५ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग)
- जातीय तथा भाषिक विविधताः यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जातिहरू तथा मैथिली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा
बागमती प्रदेश
- सीमानाः पूर्वमा प्रदेश १, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश २ र भारत
- जिल्लाः १३ (दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ)
- क्षेत्रफलः २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५)
- ठूलो जिल्लाः सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.)
- राजधानीः हेटौंडा (मकवानपुर)
- जनसङ्ख्या ५५,२९,४५२ (जनगणना २०६८)
- जातीय तथा भाषिक विविधताः तामाङ, ब्राह्मण, क्षेत्री, नेवार लगायतका जाति तथा नेपाली, नेवारी, तामाङ मुख्य भाषा ।
गण्डकी प्रदेश
- सीमानाः पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्य
- जिल्लाः ११ (गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
- क्षेत्रफलः २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१%)
- ठूलो जिल्लाः गोरखा (३,६१० व.कि.मि.) र सानो जिल्ला पर्वत (४९४ व.कि.मि.)
- राजधानीः पोखरा (कास्की)
- जनसङ्ख्या २४,०३,७५७ (जनगणना २०६८)
- जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, गुरुङ, मगर लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
लुम्बिनी प्रदेश
- सीमानाः पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ ।
- जिल्लाः १२ (नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया)
- क्षेत्रफलः २२,२८८ व.कि.मि. (नेपालकोे कुल क्षेत्रफलको १५.१४%)
- ठूलो जिल्लाः दाङ (२,९५५ व.कि.मि.) र सानो जिल्लाः नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ व.कि.मि.)
- राजधानीः भालुवाङ (दाङ)
- जनसङ्ख्याः ४४,९९,२७२ (केन्द्रिय तथ्यांक विभाग)
- जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोबास छ भने नेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
कर्णाली प्रदेश
- सीमानाः पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ सुदुरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदुरपश्चिम प्रदेश
- जिल्लाः १० (रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत
- कुल क्षेत्रफलः २७,९८४ व.कि.मि. (नेपालको कलु क्षेत्रफलको १९.०१%)
- ठूलो जिल्लाः डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.)
- राजधानीः वीरेन्द्रनगर सुर्खेत
- जनसङ्ख्या १५,७०,४१८ (केन्द्रीय तथ्याङ्क विभाग)
- जातीय तथा भाषिक विविधताः ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
सुदूरपश्चिम प्रदेश
- सीमानाः पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत
- जिल्लाः ९ (बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली
- कुल क्षेत्रफलः १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५)
- ठूलो जिल्लाः बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)
- राजधानीः गोदावरी (कैलाली)
- जनसङ्ख्याः २५,५२,५१७ (केन्द्रीय तथ्याङ्क विभाग)
- जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, ठकुरी, थारु जातिहरूको बसोबास रहेको छ भने डोटेली, खस, थारु भाषा मुख्य रूपमा बोलिन्छन् ।
नेपालका स्थानीय तह
नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ ।
जसअनुसार
- महानगरपालिका ६,
- उपमहानगरपालिका ११,
- नगरपालिका २७६
- गाउँपालिका ४६० र
- वडा ६७४३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार
हिमाली जिल्लाः २१
पहाडी जिल्लाः २८
भित्री मधेशका जिल्लाः ७
तराईका जिल्लाः १८
काठमाडौँ उपत्यकाका जिल्लाः ३
हाल नेपालका जिल्लाहरुको वर्गीकरण
हिमाली जिल्लाः २१ वटा
पहाडी जिल्लाः ३५ वटा
तराईका जिल्लाः २१ वटा
जम्मा जिल्लाः ७७ वटा
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.