राष्ट्रिय सुरक्षा भन्नाले कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्ति, अमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि अपनाइने समस्त पक्षहरूलाई राष्ट्रिय सुरक्षा भनिन्छ । यसमा राष्ट्रको सुरक्षा नीति, कानुन, सुरक्षा निकाय र आम नागरिकहरूको सुरक्षा सम्बन्धमा सचेतना जस्ता विषय समावेश हुन्छन् ।
राष्ट्रिय सुरक्षाको अवधारणा:
कुनै पनि देशको सरकारले आम नागरिकलाई सरक्षित रूपले बाच्न पाउने, कुनै पेशा रोजगार गर्न पाउने, लगायतका मानव अधिकारको संरक्षण सँग राष्ट्रिय सुरक्षा जोडिएको हुन्छ । राज्यको उत्पत्ति तथा विकास नै असुरक्षाबाट उन्मुक्ति पाउन र नियमन गर्नु भएको भन्ने राज्यको उत्पत्ति सम्बन्धि सामाजिक सम्झौता सिद्धान्तका पक्षधरहरूका धारणा पाइन्छ । उपनिबेशवाद, विस्तारवाद, आतंकबाद जस्ता प्रवृतिहरूको विस्तारले राष्ट्रिय सुरक्षाको अवधारणालाई अझ महत्वपूर्ण बनाएको छ । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पश्चात स्थापित संयुक्त राष्ट्र«संघ र विश्वव्यापी सुरक्षा एकताको मान्यताले राष्ट्रिय सुरक्षाको धारणामा परिवर्तन आएको छ । राष्ट्रिय सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा प्रणालीको महत्वपूर्ण स्थान रहने भएकाले यस सम्बन्धमा विश्वव्यापी साझेदारीताको आवश्यकता अझ बलियो बन्दै गएको छ ।
राष्ट्रिय सुरक्षाको क्षेत्र:
कुनै पनि राष्ट्र«को सुरक्षा सम्बन्धी विषयले समेट्ने दायरा नै यसको क्षेत्र हो । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
क) नीतिगत तथा कानुनी क्षेत्र: सुरक्षा सम्बन्धी सरकारी नीति, नियम कानुनको व्यवस्था ।
ख) संस्थागत क्षेत्र: राष्ट्रिय सुरक्षा कायम गर्नका लागि तयार गरिने विभिन्न संस्थागत संयन्त्रहरू । जस्तै ः नेपालमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, सुरक्षा परिषद् आदि ।
ग) कार्यगत क्षेत्र: देशमा तथा विदेशमा बसोबास गर्ने नागरिकहरूका प्रत्येक क्रियाकलापलाई कानुन अनुरूप भयमुक्त रूपमा कार्य सम्पादनका लागि वातावरण सुनिश्चित्ता गराउने कामहरू । जस्तै ः चोरी, डकैति हुन नदिन निगरानी राख्ने, झगडा मिलाउने आदि ।
घ) बाहृय सुरक्षा सम्बन्ध: देशभित्र र देश बाहिर सुरक्षाका सम्बन्धमा गरिने समन्वय, सहयोग र एकताका लागि विकास गरिने सम्बन्ध । जस्तै: अन्तर्राष्ट्रिय आतंकवाद, अन्तर्राष्ट्रिय आक्रमण, राज्यको सीमा सुरक्षा आदिका सम्बन्धमा ।
ङ) व्यवस्थापकीय क्षेत्र: यसमा सुरक्षा व्यवस्थापनका सम्बन्धमा योजना, निर्देशन, नेतृत्व, निरीक्षण अनुगमन र मुल्यांकन जस्ता पक्षहरू पर्दछन् ।
च) अन्य:राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि राज्यको आन्तरिक सुरक्षा अन्तर्गत गृहयुद्ध, संगठित तथा सामाजिक हिंसा र अपराधलाई नियन्त्रण गर्ने विषयहरू ।
नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू:
नेपालमा राष्ट्रिय सुरक्षा सम्बन्धमा देहाय बमोजिम नीतिगत तथा कानुनी, संस्थागत र कार्यगत प्रावधानहरू छन् ः
क) नीतिगत र कानुनी प्रावधानहरू :
** नेपालको अन्तरिम संविधान २०६३ ले शान्ति सुरक्षा कायम गरी समाजमा सम्मानपूर्वक जीवनयापन गर्न जोड दिएको ।
** चालु आवधिक त्रिवर्षीय योजना (२०७०।७१ – ०७२।७३) ले आन्तरिक र वाह्य सुरक्षा प्रणालीमा सुधार ल्याउने उद्घोष गरेको,
** चालु आ.व. २०७०।७१ को बजेटमा शान्ति सुव्यवस्थालाई मजबुत बनाउन जोड दिइएको,
** विश्व सुरक्षा (Global Security) लाई जोड दिइएको ।
** नागरिकहरूको जीउ, धन र स्वतन्त्रताको सुरक्षामा सरकारले जोड दिने गरेको ।
ख) संस्थागत प्रावधानहरू :
** प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक सुरक्षा परिषद्को व्यवस्था,
** केन्द्रिय सुरक्षा समिति (गृहमन्त्रिको अध्यक्षतामा), क्षेत्रीय सुरक्षा समिति
(क्षेत्रीय प्रशासकको अध्यक्षतामा) र जिल्ला सुरक्षा समिति (प्र.जि.अ.को अध्यक्षतामा) रहने व्यवस्था,
** नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालाई ७५ जिल्लामा आन्तरिक र वाह्य सुरक्षा सम्बन्धी जिम्मेवारी पुरा गर्नका लागि व्यवस्था गरिएको ।
** अपराधिक क्रियाकलापको अनुसन्धानको लागि राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका निकायहरूको व्यवस्था रहेको,
** लागु औषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण आदिको लागि संस्थागत व्यवस्था रहेको ।
ग) कार्यगत व्यवस्था:
** राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले कार्य जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्ने व्यवस्था रहेको,
** राष्ट्रिय सुरक्षा सम्बन्धमा अन्तर निकायगत समन्वय र समय समयमा छलफल हुने गरेको,
** अपराधिक क्रियाकलाप नियन्त्रणका लागि न्यायिक निकाय मार्फत दण्ड, सजाय तथा पुरस्कार प्रणालीलाई अनाइएको,
** अन्तर्राष्ट्रिय अपराध, सीमाक्षेत्रका अपराधलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा समन्वय कायम गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको,
** धार्मिक, जातीय, लिङ्गीय रूपमा उत्पन्न अपराधका सम्बन्धमा आम नागरिकहरूका वीचमा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको,
** साना हातहतियार व्यवस्थापन सम्बन्धी कार्यवीधिको व्यवस्था ।
छिमेकी मित्रराष्ट्र«हरूका सुरक्षा निकायका विभिन्न तहमा सुरक्षा सम्बन्धमा नियमित छलफल हुने गरेको ।
अन्तमाः
व्यक्ति, समाज र सिंगो राष्ट्र«मा सुरक्षित प्रणालीको सुनिश्चित्ताले समग्र पक्षमा सकारात्मकता सिर्जना गर्दछ । राष्ट्रिय सुरक्षाले आन्तरिक र वाह्य सुरक्षा व्यवस्थाको प्रत्याभूतिमा जोड दिन्छ । नेपालमा यस सम्बन्धमा गरिएका प्रावधानहरू प्रशंसनीय छन् । बढदो सुरक्षा संकटको चुनौती तथा दण्डहीनताको अन्त्य गरी शान्ति र अमन चयन कायम गर्नु आजको आवश्यकता हो ।

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.