शासन भन्नाले राजनीति र प्रशासनको मिश्रित स्वरूप हो । राजनैतिक र प्रशासनिक संरचनाको समष्टिगत शासकीय संरचनाद्वारा शासन संचालन हुन्छ । राजनैतिक संरचना र प्रशासनिक संरचनालाई निम्नानुसार उल्लेख गरिएको छः
राजनैतिक संरचना:
राज्यको नीति निर्माण गर्ने, राज्य संचालनको दुरदृष्टि राख्ने, प्रशासनिक संरचनाको संचालन गर्ने, आदि शासनको राजनैतिक संरचना हो । प्रजातान्त्रिक पद्दतिमा जननिर्वाचित प्रतिनिधिहरूद्वारा राजनैतिक संरचना बन्दछ र यसैद्वारा शासन संचालन गरिन्छ । राजनीतिक संरचनाको आधार दलीय घोषणापत्र, दलीय प्रतिनिधित्व र संवैधानिक व्यवस्थामा आधारित हुन्छ ।

एकात्मक राजनैतिक संरचना:
** केन्द्रीय राज्य व्यवस्था र केन्द्र नै शक्तिशाली हुने ब्यवस्था ।
** केन्द्रीय नीति,योजना लागू हुने ।
** राजनैतिक क्षेत्रमा समेत केन्द्रीय प्रभाव ।
** केन्द्रीय सरकार र केन्द्रको मात्र संसद ।
** केन्द्रीय प्रशासन र केन्द्रका संबैधानिक निकायले नै देशभर कार्य गर्ने । संघात्मक राजनैतिक संरचना :
** राज्यमा विभिन्न प्रदेश रहने ।
** केन्द्र, प्रदेश, स्थानीय निकायको संरचना हुने ।
** प्रदेश र स्थानीय स्तरमा बढी अधिकार हुने ।
** प्रदेशमा कार्यकारिणी, व्यवस्थापकीय, न्यायिक अधिकारको विभाजन हुने,
** प्रादेशिक भाषा, प्रशासन र संबैधानिक निकाय रहन सक्ने । अध्यक्षात्मक प्रणाली:
राष्ट्रप्रमुखको रूपमा कार्यकारी अधिकार सहितको निर्वाचित राष्ट्रपति रहने व्यवस्था जसमा शासन संचालनको सम्पूर्ण बागडोर राष्ट्र«पतिमा रहन्छ । मन्त्रिपरिषदको गठन राष्ट्रपतिले गर्छन् । मन्त्रिपरिषद राष्ट्रपतिप्रति जवाफदेही हुन्छ । संसदीय नियन्त्रण कार्यकारिणी तथा राष्ट्र«पति माथि नगन्य रहन्छ । यस्तो व्यवस्था अमेरिकामा छ ।
संसदीय प्रणाली :
जनप्रतिनिधिमूलक संस्था संसदमा सरकार बनाउने फेरबदल गर्ने अधिकार रहने, सरकार संसदप्रति उत्तरदायी हुने व्यवस्थानै संसदीय प्रणाली हो । यस्तो शासन प्रणालीमा जनप्रतिनिधिहरूको बहुमतको निकैठूलो महत्व हुन्छ । तर कतिपय अवस्थामा सांसदहरूको किनवेचको खेल समेत यसै प्रणालीले निम्त्याएको पाइन्छ । नेपालको अन्तरिम संविधानले संसदीय प्रणालीमा आधारित लोकतान्त्रिक व्यवस्था अपनाएको छ ।
शासनको राजनैतिक स्वरूप भित्र राष्ट्र« प्रमुख, सरकार प्रमुख, मन्त्रिपरिषद, संसद, स्थानीय निकायहरू पर्दछन् । राजनैतिक दलहरू, मतदाताहरू शासकीय प्रणालीमा अप्रत्यक्ष रूपमा संलग्न रहेका हुन्छन् ।
शासनको प्रशासनिक संरचना
शासन प्रणालीमा राजनैतिक नेतृत्वले लिएको राज्यसंचालनको नीति र उद्देश्यलाई कार्यरूपमा उतार्ने र त्यसको प्रतिफल जनतासम्म पु¥याउने संयन्त्रनै प्रशासन हो ।
प्रशासनिक संरचनामा त्यसका निकायहरू रहन्छन् । त्यसका पात्रहरू हुन्छन् र प्रशासनिक कार्यविधिद्वारा संचालन गरिन्छन् । प्रशासनिक संरचनामा केन्द्रीय, क्षेत्रीय र स्थानीय प्रशासनिक संरचना रहन्छन् ।
केन्द्रीय प्रशासनिक संरचना :
केन्द्रीय राजनैतिक नेतृत्वलाई सहयोग गर्न, प्रशासनिक संरचनाको नेतृत्व प्रदान गर्न निर्मित संरचना । यसमा विभाग,मन्त्रालय, समिति, आयोगका केन्द्रीय निकाय रहन्छन् ।
क्षेत्रीय प्रशासनिक संरचना :
विकास कार्यलाई क्षेत्रीय रूपमा समन्वय, सहयोग र अनुगमन गर्न स्थापित निकायहरू, पछिल्लो समय नेपालमा स्थानीय प्रशासन समेतको समन्वयका लागि विकास गरिएको ।
स्थानीय प्रशासनिक संरचना :
जिल्ला देखि गा.वि.स., नगरपालिका र तिनका वडा स्तरमा सेवा प्रवाहका लागि तथा केन्द्रीय नीतिलाई स्थानीय स्तरमा कार्यान्वयनका लागि स्थापित निकायहरू नै स्थानीय प्रशासनिक संरचनामा पर्दछन् ।
अन्तमा :
शासन प्रणाली राजनीति र प्रशासनको समन्वित रूप हो । चालकको सिटमा राजनैतिक नेतृत्व रहे पनि यसलाई सहयोग गर्ने मेशिनरी र प्राविधिक पक्षको काम प्रशासनले गर्दछ । दुवै संयन्त्रको उत्तिकै महत्व छ । शासन प्रणालीको स्वरूप संघीय होस वा एकात्मक, संसदीय होस वा अध्यक्षात्मक राजनैतिक र प्रशासनिक संरचना दुवै आवश्यक छन् । दुवै एक अर्कोको सहयोगी हुन र परिपुरक सम्बन्ध राख्दछन् ।

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.