सुशासन
सुशासनका पक्षहरु
सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् :–

– राजनैतिक पक्ष :–
राजनैतिक रुपमा बैधानिक शासन, प्रजातान्त्रिक मूल्य,मान्यता, बहुलवाद, जनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् ।

– सामाजिक पक्ष :–
सामाजिक न्याय र समानता, समावेशीकरण सशक्तिकरण, नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् ।
– कानूनी पक्ष :–
कानुनको शासन, न्यायिक सर्वोच्चता, सरल र सक्षम न्यायप्रणाली, जनमुखी कानूनी ब्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् ।
– आर्थिक पक्ष :–
आर्थिक विकास, स्रोतसाधनको वितरणात्मक न्याय, वित्तीय अनुशासन, सदाचार, पारदर्शीता र जवाफदेहिता जस्ता विषयहरु सुशासनका आर्थिक पक्ष हुन् ।
– ब्यवस्थापकीय पक्ष :–
जनउत्तरदायी प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागीता, प्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका ब्यवस्थापकीय पक्ष अन्र्तगत पर्दछन् । सुशासनका पक्षहरु र नेपालको शासन ब्यवस्था
नेपालको शासन ब्यवस्था मूलतः लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली हो । संबैधानिक रुपमा संघीय गणतन्त्रको रुपमा स्थापित हुनखोजेको र यसले मूर्तता पाइनसकेको संक्रमणकालिन स्थितिमा वर्तमान शासन प्रणाली संचालित छ । प्रस्तुत पृष्ठभूमीमा सुशासनका पक्षहरुका आधारमा नेपालको शासन ब्यवस्थालाई निम्नानुसार बँुदागत रुपमा विश्लेषण गर्न सकिन्छ :–
क) राजनैतिक पक्ष :–
नेपालको शासन ब्यवस्था राजनैतिक रुपमा बैधानिक शासनयुक्त, लोकतान्त्रिक चरित्र बोकेको शासन ब्यवस्था हो । यद्यपी शासकीय प्रकृयामा जनसहभागीता, बहुलवाद जस्ता मान्यताहरुलाई पूर्णतः आत्मसात गर्न र राजनैतिक स्थिरता प्राप्त गर्नसकेको छैन ।
ख) सामाजिक पक्ष :–
शासन ब्यवस्थाले सामाजिक रुपान्तरणका लागि सामाजिक न्याय, समावेशीता, नागरिक हक अधिकारको प्रत्याभूति, समन्याय जस्ता पक्षहरुलाई विभिन्न माध्ययमहरुद्वारा अख्तियार गरेको छ । तथापी नेपालको सामाजिक क्षेत्र अझसम्म रुपान्तरण कै पर्खाइमा रहेकोले सुशासनको सामाजिक पक्ष दह्रो बन्न सकेको छैन । ग) कानूनी पक्ष :–
कानूनी शासन र स्वतन्त्र न्यायपालिका संवैधानिक एवं कानूनी प्रत्याभूति गरिएको छ नेपालको शासन ब्यवस्था कानुनको परिपालना र सही कार्यान्वयनमा पूर्णतया सफल बन्नसकेको भने छैन ।
घ) आर्थिक पक्ष :–
वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहिताको सुनिश्चित्ताका लागि नेपालमा पर्याप्त नीतिगत,संस्थागत र कार्यगत ब्यवस्थाहरु गरिएको छ । यसमा केही सुधारहरु देखिएका पनि छन् । यद्यपी नेपालको आर्थिक शासन सुशासनयुक्त बन्नसकेको स्थिति भने छैन ।
ङ) व्यवस्थापकीय पक्ष:–
सार्वजनिक सेवा प्रवाहको स्थिति र सार्वजनिक सेवाप्रदायक सरकारी अंगको स्थिति सुशासनको कसीमा खरो उत्रिन सकेको छैन । ब्यवस्थापकिय पक्षमा नेपालको शासन ब्यवस्थाको सुधारका लागि विगत देखि नै विभिन्न प्रयासहरु हुँदै आएका छन् ।
यसप्रकार नेपालको शासन ब्यवस्थालाई सुशासनका विविध पक्षहरुको कसीमा राखेर विश्लेषण गर्दा यसको मिश्रित अवस्था पाउन सकिन्छ । सुशासन देशले अबलम्बन गरको शासन ब्यवस्थाको गन्तब्य समेत भएकोले यस दिशामा देशको पर्याप्त ध्यान जान जरुरी देखिन्छ ।

सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.