नागरिक वडापत्र [ Citizen Charter]
कुनै पनि सेवाप्रदायक संगठनले आफूले प्रदान गर्ने सेवाको सम्बन्धमा सेवाग्राहीले थाहा पाउन सक्ने गरी अग्रिम रुपमा जानकारी दिने विवरणलाई नागरिक वडापत्र भनिन्छ।नागरिक वडापत्रमा मूलतः
⇨सेवाको प्रकृति, सेवा शुल्क दर
⇨सेवा प्रदायक निकाय वा पदाधिकारीको पहिचान
⇨सेवा प्रदान गर्न लाग्ने समय
⇨सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया
⇨तोकिएको सबै प्रक्रिया पूरा भएपश्चात् पनि निर्धारित समयमा सेवा प्रदान गर्न नसकेमा सेवाग्राहीलाई पुग्न गएको हानी नोक्सानी वापतको क्षतिपूर्ति।
उल्लेख गरिएको हुन्छ।
⇨सेवा प्रदायक निकाय वा पदाधिकारीको पहिचान
⇨सेवा प्रदान गर्न लाग्ने समय
⇨सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया
⇨तोकिएको सबै प्रक्रिया पूरा भएपश्चात् पनि निर्धारित समयमा सेवा प्रदान गर्न नसकेमा सेवाग्राहीलाई पुग्न गएको हानी नोक्सानी वापतको क्षतिपूर्ति।
उल्लेख गरिएको हुन्छ।
विश्वमा,
- नागरिक वडापत्रको सुरुवात बेलायतबाट भएको हो।
- सन् १९९१ जुलाई २२
- बेलायती नागरिक जोन मेजर
नेपालमा,
- नेपालमा ⇨वि. सं. २०५६ बाट
- क्षतिपूर्ति सहितको नागरिक वडापत्र ⇨वि स. २०७० बैसाख २
- पहिलो डिजिटल नागरिक वडापत्र ⇨जिविस, रुकुम [२०७३ असोज १६]
नागरिक वडापत्रको उद्देश्य
⇨सार्वजनिक प्रशासनलाई जनउत्तरदायी बनाउने,
⇨सरकारी काम कारवाहीमा पारदर्शिता तथा सूचनाको हक प्रत्याभूति गर्ने,
⇨प्रशासनमा विद्यमान ढिलासुस्ती [लाल फित्ताशाही] रोक्न कर्मचारीलाई कामप्रति अभिप्रेरित गर्ने,
⇨सेवाग्राही र सेवा प्रदायकको श्रम र समय बचत गर्ने,
⇨राज्यले जनतालाई प्रदान गर्ने सेवामा गुणस्तर वृद्धि गर्ने,
⇨सेवा ग्राही र सेवा प्रदायकबिच सुमधुर सम्बन्ध कायम गर्ने।
थप महत्वपूर्ण नोटको लागि यहाँ क्लिक गर्नुहोस्तपाई हाम्रा सामाग्री YouTube मा पनि हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गरेर subscribe गर्नुहोस् ।
खोज संकलन: दामोदर घिमिरे
✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.